प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरीले व्यङ्ग्य कसेका छन् । उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको सम्झँदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन् ।
साथै, उनले उमेश श्रेष्ठको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्तीको विषयमा पनि लेखेका छन्–‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’
प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् ।