नायक राजेश हमालले कलाकारिता सबैभन्दा असुरक्षित पेशा रहेको बताएका छन् । कलाकारिताको थालनी जोसुकैले गरे पनि यसमा निरन्तरता दिइरहने, करिअर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न सक्ने कुनै ग्यारेन्टी नभएको हमालको बुझाइ छ ।
‘मलाई धेरै नयाँ भाइबहिनीहरुले म कलाकारितामा आउन चाहन्छु । चलचित्रमा आउन चाहन्छु त्यसका लागि के गर्नुपर्छ दाइ भन्नुहुन्छ’ उनले भनेका छन्–‘मैले उहाँहरूलाई कलाकारिता भनेको नेपालमा मात्र नभएर विश्वमै असुरक्षित पेशा रहेको बताउँछु ।’
हमालले कलाकारितामा लागेर सफलता हासिल हुन्छ, करिअर बन्छ, जिविकोपार्जन लामो समयसम्म गरिरहन सकिन्छ भन्ने कुनै ग्यारेन्टी नभएको सुझाव आफूले दिने गरेको बताए । यसमा सफल भइनँ भने यसमा जान्छु भन्ने ठोस योजना भन्दा पनि यसमा सफल नभए समय वर्वाद गर्नु हुँदैन्, मैले आफ्नो जीवनका लागि अर्को बाटो अपनाउनुपर्छ भन्ने सोच्नुपर्ने उनको सुझाव छ ।