साउन १४, २०७८ बिहिबार

अभिनेत्री सेर्लिन चोपडाले शिल्पा सेट्टीका पति राज कुन्द्रामाथि यौन दुराचारको आरोप लगाएकी छन्। मुम्बई क्राइम ब्रान्चले उनीसँग गरेको सोधपुछमा उनले यस्तो बताएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

अश्लिल भिडियो उत्पादन, बिक्री वितरण गरेको आरोपमा यतिबेला राज कुन्द्रा प्रहरी हिरासतमा रहेका छन्। सेर्लिनले खबरै नगरी राज आफ्नो घर आइपुगेको र बिना अनुमति चुम्बन गर्न थालेको बताएकी छन्।

उनले आफू विवाहित र व्यावसायिक सम्बन्ध भएको व्यक्तिसँग सम्बन्ध बनाउन नचाहेको बताउँदा राजले शिल्पासँग सम्बन्ध असहज भएको र घरमा आफू तनावमा रहने गरेको बताएको उल्लेख गरेकी छिन्।

अश्लिल भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा व्यवसायी राज कुन्द्रा जुलाई १९ मा पक्राउ परेका थिए।