असोज १२, २०८१ शनिबार

तेलअवीव(इजरायल), १२ असोज: इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ । 
 
आइडिएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हेजबुल्लाहको आक्रमणको बारेमा जानकारी दिदै इजरायली रक्षा बलले मुख्यालय बेरुतको उक्त स्थानमा नियम विपरित निर्माण गरिएको उल्लेख गर्नु भएको छ ।
  
हागारीले हेजबुल्लाहको आतङ्कवादबाट आफ्ना नागरिकको रक्षा गर्ने इजरायली दृढतालाई दोहोर्उदै  लेबनानी जनतालाई प्रयोग गर्ने हेजबुल्लाहको रणनीतिको हिस्साको रुपमा गत अक्टोबरमा आक्रमण गरेको बताउनु भएको छ । 

हेजबुल्लाहले इजरायलमा आक्रमण गरेको लगभग एक वर्षपछि  इजरायलले विश्वलाई चेतावनी दिदै हेजबुल्लाहलाई रोक्नु पर्ने जनाएको छ । 
 
बेरुतमा भएको विस्फोट हेजबुल्लाहका नेता हसन नस्रल्लाहलाई लक्षित गरी गरिएको सिएनएनले रिपोर्ट गरेको छ ।

एकजना वरिष्ठ इजरायली अधिकारीले नस्रल्लाहलाई लक्षित गरी गरिएको आक्रमण गाजामा हमासका नेता मोहम्मद देइफको निधन भएको अपरेसनसँग मेल खाने खालको रहेको  बताउनु भएको छ ।  

साथै, लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुतमा भएको इजरायली हमलामा दुई जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएको जनाएको छ ।

इजरायलले लेबनानमा हेजबुल्लाहलाई खतराको सामना गर्न बाध्य पारेको छ भने इरान समर्थित समूहले उत्तरी इजरायलमा बारम्बार आक्रमण गरिरहेको छ ।  

द्वन्द्व बढ्दै जाँदा, विश्वका प्रमुख देशहरुले युद्धविराम र बन्धक सम्झौताको आह्वान गरिहेका छन् ।