संयुक्त राष्ट्रसङ्घ, १२ असोज: युरोपेली सङ्घ(ईयु)का विदेश मामिला प्रमुख जोसेप बोरेलले शुक्रबार संयुक्त राज्य अमेरिकासहित कुनै पनि शक्तिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई “रोक्न“ नसकेकोमा खेद प्रकट गर्नुभएको छ ।
साथै इजरायल गाजा र लेबनानमा उग्रवादीहरूलाई दमन गर्न कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
“हामीले युद्धविरामका लागि सबै कूटनीतिक पहल जारी गर्यौ तर गाजामा वा वेस्ट ब्याङ्कमा कसैले पनि नेतान्याहुलाई रोक्न सक्षम भएको देखिँदैन”, बोरेलले संयुक्त राष्ट्र महासभामा
भाग लिने क्रममा सञ्चारकर्मीलाई भन्नुभयो ।
इजरायलले हेजबुल्लाह विरुद्ध आक्रमण बढाउँदै गर्दा सयौंको ज्यान गएको छ र दुई पक्षबीचको बढ्दो द्वन्द्वलाई रोक्न बोरेलले लेबनानमा २१ दिने युद्धविरामका लागि
फ्रान्स र संयुक्त राज्य अमेरिकाको पहललाई समर्थन गर्नुभएको छ ।
नेतान्याहुले स्पष्ट रुपमा इजरायलीहरू “हेजबुल्लाह नष्ट नभएसम्म नरोकिने बताउनुभएको छ”, बोरोलले भन्नुभयो । “यदि नष्टको अर्थ युक्रेनको हमाससँगको
द्वन्द्वसँग मिल्छ भने हामी लामो युद्धका लागि जाँदैछौँ”, बोरेलले बताउनुभयो ।
ईयुका विदेश मामिला प्रमुखले फेरि संयुक्त राज्य अमेरिकाबाट कूटनीति विविधीकरण गर्न आह्वान गर्नुभयो जसले गाजामा बन्धकहरूको रिहाइ समावेश गर्ने युद्धविराम सम्झौतालाई
कार्यान्वयनमा पुर्याउन महिनौंसम्म असफल प्रयास गरेको छ ।
“हामी अमेरिकामा मात्र भर पर्न सक्दैनौँ । अमेरिकाको धेरै पटकको प्रयास असफल भएको छ”, उहाँले भन्नुभयो ।
नेतान्याहुले शुक्रबार संयुक्त राष्ट्रमा एक अवज्ञापूर्ण भाषणमा हेजबुल्लाह विरुद्धको इजरायलको उद्देश्य पुरा गर्ने प्रतिज्ञा व्यक्त गर्नुभएको छ ।