नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदै छन् ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनुअघि विद्यार्थीको नि:शुल्क कोरोना परीक्षण गर्न र कोरोना सङ्क्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए । नेविसंघले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि माग गरेको छ ।