असोज २१, २०८१ सोमबार

काठमाडौँ, २१ असोज  : 
आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन 
तिरेरै गाछैन पोहोर सालकै ऋण 
दसैँ आइसक्यो,
रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो ।

    यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ । 

    विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय÷शब्द स्वयं गायक खत्रीकै छ । गीतको सङ्गीत संयोजन कृष्ण विकले गर्नुभएको छ ।  

    गायक खत्रीले यस अघिका दसैँहरुमा ‘दसैँमा आउ प्यारा’, ‘दसैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दसैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दसैँसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको थियो ।