असोज २१, २०८१ सोमबार

किमाथाङ्का (सङ्खुवासभा), २१ असोजः साब्लाबुङ पुस्तकालय अभियानले खाँदबारी कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ विभिन्न विषयका  पुस्तक उपलब्ध गराएको छ ।  । 

 कैदीबन्दीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो । एक लाख ५० हजारबराबरको कानुन, साहित्य लगायत अन्य प्रेरणादायक  नौ सय थान बढी पुस्तक उपलब्ध गराइएको उहाँ बताउनुभयो ।  अभियानले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने अभियानका साथ काम गरिहेको अध्यक्ष राईले बताउनुभयो ।    जेलर तुलसी पौडेलका अनुसार  कारागारमा एक सय ३५ कैदीबन्दी रहेको छन् ।