काठमाडौँ, २६ असोजः केही समयअघि मुलुकमा भएको बाढीपहिरोका घटनापछि खोज, उद्धार, राहत तथा पुनःनिर्माण युद्धस्तरमा भएकैकारण छोटो समयमै त्यसको परिणाम देखिएको स्थानीय तहका प्रमुखले दाबी गर्नुभएको छ ।
स्थानीय तहमा उपलब्ध स्रोतसाधानको अधिकतम सदुपयोग र राज्यका सवै समयन्त्रको एकीकृत साझा प्रयासमा छोटो अवधिमा मानवीय संवेदनाको पाटोलाई बुझि अधिकतम परिणाम दिने ढङ्गबाट कार्य सम्पादन गरिएको जिकिर गर्नुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बाढीपहिरोपछिको विकराल अवस्थामा साझा प्रयत्न र भगिरथ प्रयासबाट खोज, उद्धार र राहतका प्रारम्भिक कार्य पूरा गरी एक साताभित्रै बत्ती, बाटो र सञ्चार सम्पर्क कायम गर्न सम्भव भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “खोजी, उद्धार र राहतमा जनप्रतिनिधि, सेना, प्रहरी र प्रशासन मिलेर तदारुकताकासाथ काम गरियो । यसमा कही कतै चुकिएको छैन, राहत पुगेन भनेको घरमा समेत दुई बोरा चामलसहित दाल, नुन र तेल पु¥याइएको छ । अहिले सबै वडाको बाटो राम्रो छ ।”
नगरप्रमुख भण्डारीसँग राससका प्रतिनिधिले बाढीपहिरोपछिको खोज, उद्धार र राहत तथा अबरुद्ध सडक, विद्युत र सञ्चार सम्पर्क नियमितका लागि भएका प्रयासबारे गरिएको कुराकानीको सम्पादिन अशंः
हालैको बाढीपहिरोमा परी पनौती नगरपालिकामा एक विदेशीसहित १९ जना निधन भएको छ भने अर्का एकजना बेपत्ता हुनुहुन्छ । पाँच सयभन्दा बढी घर बगाएकोछ । अहिले धेरै घरवारबिहीन छन् । पशुधन क्षति भएको छ । खेतीयोग्य जमीन बाढी र पहिराले कटान गरेको छ । नगरका १२ वटै वडामा क्षति पुगेको छ ।
खोला छेउका घरबस्ती खोलाले बगाएको छ भने अन्यन्त्रको पहिराले पुरेको छ । यसकारणबाट यस वर्षको दसैँ खल्लो भएको छ । धेरै नागरिक पीडामा रहेकाले दसैंमा तडकभडक नगर्न सवैलाई आह्वान गरिएको छ ।
हामीले पनि कसैलाई शुभकामना दिन सकिएन । बरु मृत्यप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ । बाढी प्रभावितलाई पुनर्बासको छिट्टै पहल गर्दैछौँ ।
हाम्रा अधिकांश बस्ती पाखा–पखेरामा छन् । त्यहाँ बाटो पु¥याउन कठिन छ । त्यस्ता बस्तीमा सडक लैजान हुन्छ कि हुन्न भनी यकिन गर्ने जनशक्तिको अभाव छ । डोजरको सहयोगमा ट्रयाक खालेपछि गाडी कुदाइ हाल्ने र किसानलाई दूध ओसार्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ छ । नगरभित्रै पनि कतिपय स्थान बस्ती बसाल्न योग्य देखिन्न ।
बसिरहेको स्थानबाट टाढा लैजादा आर्थिकोपार्जन नभएर जोखिम भएकै ठाँउमा फर्कने सम्भावना उत्तिकै रहन्छ । घर मात्र बनाइ दिएर रोजिरोटी चल्दैन । पुनर्बासमा सामाजिक र आर्थिक सम्भावनाका पाटोलाइ त्यतिकै ध्यान पु¥याउनुपर्छ । केहीदिनभित्रै जिल्ला रेडक्रसको सहयोगमा यस पक्षमा अध्ययन गरी योजना बनाउने सोचमा छौ ।
नगर क्षेत्रभित्र भएको प्रारम्भिक क्षति यकिन पाँच दिनभित्र गर्ने योजना बनाइदैछ । घरखेत, पशुधन र पन्छीको क्षतिको विवरण त्यसबाट प्राप्त हुने छ । नगरक्षेत्रभित्र २० वटा विद्यालय भवन र तीन वटा अस्पतालमा बाढीबाट आंशिक क्षति पुगेको छ ।
एकीकृत खानेपानीको सात किलोमिटर पाइप बगाएको छ । त्यसबाट धुलिखेल र बनेपा नगरपालिका समेत प्रभावित भएको अवस्था छ ।
बाढीपहिरोपछि राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको छ । खाद्यन्न र तरकारी उत्पादनमा महत्वपूर्ण मानिएका रोशीका तटिय फाँटहरुमा कटान र डुबानबाट ठूलो नोक्सानी भएकोछ । क्षतिको यकिन तथ्याङक आएपछि पुनःनिर्माण अघि बढाइन्छ ।
लगातारको वर्षाबाट सडक, सञ्चार र विद्युत् अबरुद्ध भएपछि सुरुमा कहाँ के भइरहेको छ भनी अन्दाज नै गर्न सकिएन । बाटो अबरुद्ध भएकाले प्रारम्भमा कोसिस गरिएपनि क्षति र प्रभावित क्षेत्र पुग्न सकिएन ।
पानी मत्थरपछि सेना, प्रहरी, स्थानीय तहसँगको सहकार्यमा खोजी र उद्धारका कार्यलाई तीव्र तुल्याइयो । हराइएका व्यक्तिको खोजी र घाइतेलाई अस्पताल पु¥याउने कार्यलाई तीव्रता दिइयो । त्यो काम दुई दिनभित्रै गरियो । त्यसपछि लगत्तै राहत उपलब्ध गराउने कार्यमा लागियो ।
त्यो काम सकेर भत्किएका सडक, विद्युतका खम्बा र टेलिफोन मर्मतमा लागियो । केही दिनभित्रै १२ वटै वडाका सबै नाका सञ्चालनमा ल्याउन सफल भइयो । अहिले नगरपालिका पीडित र प्रभावित क्षेत्रका जनतालाई पुर्ववतअवस्थामा फर्काउने अभियानमा लागेको छ । राज्यले पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ । गर्छाै पनि ।