असोज २७, २०८१ आइतबार

बेरुत(लेबनान), २७ असोज: इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त  दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको  लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ ।  पछिल्लो समयमा  इजरायलले आक्रमण अभियानलाई  तीव्र बनाएको छ ।
 
 स्थानीय समय अनुसार आइतबार “बिहान ३ : ४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी  पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको  केन्द्र गुमाएको बताउनु भएको छ ।  उहाँका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे“ ।

गाजा युद्धलाई लिएर इजरायल र हिज्बोल्लाहबिच सीमापार आक्रमणकोे एक वर्षको समय  पूर्ण द्वन्द्वमा परिणत भयो ।

लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६०  भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन् ।