‘नेपोटिज्म’को बहसमा सबैभन्दा बढी केन्द्रमा नायक भुवन केसी र उनका छोरा नायक अनमोल केसी पर्छन् । कतिपयले भुवन र अनमोललाई हेरेरै ‘नेपोटिज्म’ छ भनेर बहस गर्नु तर्कपूर्ण नभएको बताउँदै आएका पनि छन् ।
यस बिषयमा नायक भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएको बताएका छन् । उनले भने–‘यो कोही व्यक्तिले टेलिभिजनमा अन्तरवार्ता दिएर २–४ दिन रमाउनलाई बोलेका कुरा मात्र हुन् । यदि, कोही कलाकारमा प्रतिभा छैन भने उसलाई दर्शकले पत्याउँदैनन् । चलचित्र निर्माण गर्न करोडौं रुपैयाँ खर्च गर्नुपर्छ, घर खेत बन्धकी राख्नुपर्छ ।’
भुवनले, यस्तो तर्क गर्ने कलाकारले ४–५ करोड उठाउन सक्छु भन्ने दाबी गर्छ भने आफूले ५० लाख पारिश्रमिक दिन तयार रहेको बताए । उनले भने–‘२० लाख रुपैयाँ उठाउन नसक्ने कलाकारलाई कसले लिन्छ ? यो सबै हल्लाको कुरा हो । नेपालमा ‘नेपोटिज्म’ छैन ।’