साउन १७, २०७८ आइतबार

साङ्केतिक तस्बिर, सवितु:

ए ! नेताहरू हो
तिमीहरूले नागरिकको हकहितका लागि के गर्‍यौ ?

रिवन काट्यौ ?

सुनको डल्लाबाट एक टुक्रा चुँड्यौ
कार्यकर्तालाई पित्तल बनाउनू भन्यौ
उनीहरूले पित्तलको भाँडो बनाए
जुन कवाडीवालाले पनि लैजाँदैन !
तर तिमीले त्यसको पनि रिवन काटेर उद्घाटन गर्‍यौ ।

१० हजार लागतको धाराे उद्घाटन गर्न आउँदा
५ हजारको रक्सी र मासु खायौ
१५ हजार त जहाजको भाडा तिर्‍यौ
भन ! तिमीहरूले के गर्‍यौ ?

बर्सेनि बिराएर सम्याएको गरामा
आकाशे पानी थुनेर टम्म बनाएका बेला
तिमी रोपाइँको उद्घाटन गर्न आउँछौ
र आली काटेर पानी बगाइजान्छौ !

तिमीहरूकै बर्बरताबाट
नागरिकले प्रताडना भोग्दै छन् ।
तिमीहरूको उपद्रव हर्कत-
डोरी
आली
काटेको देखेर
उनीहरूले पनि काटिदिए
महाकाली तर्न बाँधेको डोरी

मेरो देशको नागरिक बेपत्ता भयो
बेपत्ता भयो !

✍️ केशव पन्त 'सवितु:'