कात्तिक ३, २०८१ शनिबार

चैनपुर (बझाङ), ३ कात्तिकः अस्थायी प्रहरी पोष्ट झोता र  छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि  नन्दादेवी  र कृष्णबहादुर र थापाले जग्गा दान गर्नुभएको थियो । 

प्रहरी प्रमुख भण्डारीले चैनपुरस्थित जिल्ला प्रहरी कार्यालय, बु्ङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन  भएका बताउनुभयो ।