नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), ३ कात्तिकः जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सो ऐतिहासिक स्तूपमा गौतमबुद्धको सिङ्गो अस्तुुधातुु रहेको छ ।
लुुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रामग्राम स्तूप, पण्डितपुर, लुुम्बिनी, तिलौराकोटलगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउनुुभयो ।
शुक्रबार मात्र इण्डोनेसियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेका जनाइएको छ ।