कात्तिक ७, २०८१ बुधबार

इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् । 
 
टायरको विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले यहाँको “अवस्था निकै खराब भएकाले तिव्र गतिमा मानिसहरूलाई  सुरक्षित स्थानतर्फ स्थानान्त्ररण गरिएको बताउनु भएको छ ।  
 
व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएको बताउनु भएको छ ।  उहाँका अनुसार हाल सम्पूर्ण  टायर सहर खाली भएको छ ।

कयौँ पिडाहरुको सामना गरि बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । 

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ । 
 
सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सा सहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्कि जीवन खतराबाट जोगाउन आह्वान गर्नु भएको छ ।