कात्तिक १०, २०८१ शनिबार

काठमाडौँ, १० कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गर्नुभएको छ ।

    वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीबाट तड्पिन दिँदैनौँ । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो ।”