कात्तिक १०, २०८१ शनिबार

गोलबजार (सिरहा), १० कात्तिक ः उद्योग वाणिज्य सङ्घ सिरहा सुखीपुर शाखाको  ५औँ  कार्यकालका लागि भएको चुनावमा अध्यक्षमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । 

    अध्यक्षमा निर्वाचित यादवले छ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विजयप्रसाद गुप्ताले चार सय ९१ मत पाउनुभयो । यादव प्यानलबाट प्रथम उपाध्यक्षमा राकेश पूर्वेले छ सय ७३, द्वितीय उपाध्यक्ष रामेशकुमार महतोले पाँच सय ५६, महासचिवमा दिनेशकुमार यादवले छ सय १०, सचिवमा सञ्जयकुमार यादवले छ सय ३५ र कोषाध्यक्षमा रोशन कमारले छ सय ७८ मत प्राप्त गरेर विजयी भएका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिनुभयो । 

    गुप्ता प्यानलबाट प्रथम उपाध्यक्षमा राधेश्याम महतोले चार सय ७४, द्वितीय उपाध्यक्षमा ओमप्रकाश महतोले चार सय ८६, महासचिवमा कामेश्वर चौधरी सुडीले पाँच सय ३२, सचिवमा रतनेश चौधरीले पाँच सय ६ र कोषाध्यक्षमा वीरेन्द्र भण्डारीले पाँच सय ५८ मत प्राप्त गर्नुभयो । 

    यस्तै सदस्यहरूमा काशिन्द्र यादव, राजदेव साह, पशुपति साह विजयी हुनुभएको छ । एक हजार तीन सय २५ मतदाता सङ्ख्या रहेकोमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार १६७ मत खसेका थिए भने आठ मत बदर भएका थिए ।