कात्तिक १०, २०८१ शनिबार

म्याग्दी, १० कात्तिक : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा आज  सम्पन्न गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ । 

    नौ वटा स्वर्ण, पाँच/पाँच वटा रजत र कास्य गरि १९ वटा पदक जितेको मुक्तिधामले नगद रु ५५ हजार पुरस्कारसहित रनिङ शिल्ड प्राप्त गरेको छ । आठ स्वर्ण, चार रजत र तीन वटा कास्य पदक जितेको साविक विजेता रघुगङ्गा मावि पिप्लेले दोस्रो स्थानमा सीमित हुँदै रु ३५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । छ स्वर्ण, आठ रजत र चार कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो हुँदै रु २५ हजार नगद पुरस्कार हात पारेको छ । 


    चौथो भएको महेन्द्र मावि झिले छ स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको थियो । दुई वटा आधारभूत सहित १२ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरूको १३/१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, सामाजिक विकास समितिका संयोजक रहेका शेरपुञ्जा, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।