कात्तिक ११, २०८१ आइतबार

    जेरुसेलम, ११ कात्तिक : गाजामा बन्धक बनाइएका हरूको रिहाईका लागि ’पीडादायी छुट’ आवश्यक रहेको इजरायलले बताएको छ ।     
     
सैन्य अभियानले मात्र देशको युद्धको लक्ष्य हासिल गर्न नसक्ने इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले बन्धकको रिहाईका लागि ‘पीडादायी छुट’ आवश्यक रहेको बताउनुभएको हो ।     
     
गत वर्ष अक्टोबर ७ मा हमास आक्रमणको एक बर्ष भएकोे सन्दर्भमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “सबै उद्देश्य सैन्य अभियानबाट मात्र प्राप्त गर्न सकिंदैन । हाम्रा बन्धकहरूलाई घर फर्काउने हाम्रो नैतिक कर्तव्यलाई महसुस गर्न, हामीले पीडादायी छुटहरू दिनुपर्नेछ।”