कात्तिक ११, २०८१ आइतबार

काठमाडौँ, ११ कात्तिकः सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ । 

न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले उक्त रिट निवेदन  खारेज गरेसँगै सो आयोजना अघि बढाउने बाटो खुलेको छ ।

सो आयोजनाविरुद्ध विसं २०७८ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले रिट निवेदन खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको छ । फैसलाको लिखित पाठ आउन बाँकी छ ।