अक्षय कुमार अभिनित ‘बेलबटम’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको छ। लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो। जसको कोड नाम बेल बटम थियो।
फिल्ममा अक्षय कुमारसँगै वाणी कपुर, हुमा कुरैशी र लारा दत्ताको अभिनय रहेको छ। चलचित्रलाई रञ्जित तिवारीले निर्देशन गरेका हुन्। चलचित्र १९ अगस्टमा रिलिज हुनेछ।