कात्तिक १६, २०८१ शुक्रबार

काठमाडौँ, १६ कात्तिक  : एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ । महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेवापत कार्कीलाई आज यहाँ आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गर्नुभएको हो । 

सम्मान स्वरुप कार्कीले रु एक लाख प्राप्त गरिन । अमिशाले यस किसिमको सम्मानले आफुलाई थप हौसला मिलेको बताइन ।  अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिषाले यही कात्तिक १४ गते भएको बंगलादेशविरुद्धको फाइनल खेलमा नेपालका लागि गोल गरेकी थिइन । यद्यपि उक्त खेलमा बंगलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित हुदै उपविजेता बनेको थियो । 

त्यसैगरी उनले भारतविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन ।