कात्तिक २४, २०८१ शनिबार

काठमाडौँ, २४ कात्तिकः राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक अभिलाषा पोखरेललाई पितृशोक परेको छ । उहाँका पिता देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो । 

    उहाँ लामो समयदेखि मिर्गौलाको समस्याले पीडित हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलका दाइसमेत रहनुभएका उहाँ केही समय राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । 

    उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको आज दिउँसो १ बजेतिर दाहसंस्कार गरिने परिवारले जनाएको छ ।