कात्तिक २४, २०८१ शनिबार

काठमाडौँ, २४ कात्तिकः आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । 

    सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।