गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए । कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ ।
फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् । मानिसहरूको अनुमान थियो, सुमोना कपिल शर्मा शोबाट बाहिरिइन् । तर, यसमा कुनै सच्चाई नरहेको बताइएको छ ।
शोसँग निकट रहेकाहरूका अनुसार सुमोनाले पछिल्लो हप्तामात्र च्यानलसँग नयाँ करार साइन गरिसकेकी छन् । उनी ‘द कपिल शर्मा शो’ मा भूरीको भूमिकामा कायम रहेकी छन् । कपिल शर्मा र च्यानलसँग उनको कुनै विवाद नभएको र उनी शोमा फर्किने कुरामा पनि कुनै सन्देश नभएको उनको भनाइ छ ।