अभिनेत्री प्रियंका कार्कीका अहिले उनी गर्भवती छिन् । यसै महिना उनले आफ्नो गर्भभित्रको बच्चालाई जन्म दिँदै छिन् । गर्भवती भएपछि उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरले हलचल नै ल्याएको छ ।
उनले आफ्नो पेटमा बच्चाको आकार बनाएर नाइटाबाट पाइपले जुस पिलाएको तस्बिर हुन् वा स्विमिङ कस्टूममा बेबी बम्प देखाउँदै स्विमिङ गरेका तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचनामा सीमारेखा नै नाघेका छन् । प्रियंकाले फेसबुक र इन्टस्टाग्राममा साझेदार गरेका बेबी बम्पसहितका प्रायः तस्बिरमा अधिकांशले भद्दा कमेन्ट गरेका छन् ।
तर, जसले जति नै आलोचना र टिका-टिप्पणी गरे पनि उनलाई रत्ति फरक परेको देखिन्न । आलोचनासँग डराएर उनले आफ्नो बेबी बम्प देखाउँदै सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गर्न छाडेकी छैनन् । पहिलो पटक आमा बन्न लागेकी उनी यो क्षणलाई भरपूर मनोरञ्जन गरिरहेकी छिन् । उनी पहिलो बच्चा जन्मिएको दुई वर्षमा अर्को दोस्रो बच्चाको तयारी गर्ने सोचमा समेत छिन् ।
सोमबार प्रशारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा उनले पहिलो बच्चा जन्मिएको दुई वर्षमा अर्को बच्चाको प्लानमा रहेको बताएकी हुन् । कुनै महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने नभएको तर कसैले सेलिब्रेट गर्छ भने आलोचना वा गाली गर्न नहुने उनको भनाइ छ । गर्भावस्थाको समयलाई उत्सवका रूपमा मनाउनु पर्ने पनि उनले बताइन् ।