काठमाडौँ, ३ मङ्सिर : जनता प्रगतिशील पार्टी, नेपालले पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधनप्रति शोक व्यक्त गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष शिवजी यादवले श्रद्धाञ्जली अर्पण गर्दै जारी गर्नुभएको शोक सन्देशमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।
सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्ति स्थापना गर्न मध्यस्तकर्ताको भूमिका निर्वाह गरी मुलुकमा शान्ति स्थापना गर्न ढुङ्गानाको योगदान उल्लेख गर्दै पार्टीले उहाँको अधुरो आकांक्षा पूर्ण गराउन सधैँ सङ्घर्षरत रहने शोक सन्देशमा भनिएको छ ।