साउन २४, २०७८ आइतबार

सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैयाँ जितेका छन् ।

ग्रान्ड फिनालेमा किरणले तारा शिरीष मगर, ज्वाला राई र आर्यन तामाङलाई उछिन्दै भ्वाइस अफ नेपाल सिजन(३ को विजेता बनेका हुन् ।

गजमेर कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।