मंसिर ५, २०८१ बुधबार

    मस्को, मङ्सिर ; रूसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दावी गरेको छ ।     
     
रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।     
     
 मन्त्रालयका अनुसार अधिकांश ड्रोनलाई नोभगोरोड क्षेत्रमा नष्ट गरेको थियो भने अन्य ड्रोनहरू कुर्स्क, बेलगोरोड र ब्रिन्स्कका साथै मस्को क्षेत्रमा नष्ट गरिएको थियो ।     
     
यस बाहेक, क्षेत्रीय गभर्नर व्याचेस्लाभ फेडोरिस्चेभले अनुसार बुधबार बिहान समारामा छ वटा युक्रेनी ड्रोनहरू खसालेको बताउनु भएको छ ।     
     
 ड्रोन आक्रमणले कुनै चोटपटक वा क्षति नपुर्याएको उहाँले टेलिग्राम मार्फत उल्लेख गर्नु भएको छ ।     
     
पछिल्लो समयमा रूसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै आएको छ ।     
     
यसै गरी किभले ऊर्जा केन्द्ररुलाई लाई लक्षित गरी गरिएका आक्रमण र विष्फोटको प्रतिक्रियामा ड्रोन आक्रमण गर्न बाध्य भएको जनाएको छ ।