मंसिर ६, २०८१ बिहिबार

काठमाडौँ, ६ मङ्सिर : नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत–सर्किट वानको गल्र्स सिङ्गल्सतर्फ च्याम्पियन बनेकी छिन् ।

    सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनल खेलमा शिभालीले बङ्गलादेशक िहुमीराह हैदरलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन् ।
 
    शिभालीको यो दोस्रो स्वर्ण हो । यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गल्र्स डबल्समा पहिलो भएका थिए । नेपाल टेनिस सङ्घ र एथलिट्स इमर्जिङद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिस नन्दाको जोडी पहिलो बने । उक्त जोडीले फाइनलमा भारतका हर्ष मर्वाहा र बङ्गलादेशका मोहम्मद रकिन रहमानको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा हराए ।

    ब्वाइज सिङ्गल्समा पनि तनिश फाइनलमा पुगेका छन् । सेमिफाइनलमा उनले नेपालका बृजेश अर्याललाई ३–६, ६–१ र ६–२ अङ्कले पछि पार्दै भारतकै अभी अग्रवालसँग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा अभीले न्युजिल्यान्डका ज्याक्स रुपमाथि ६–० र ६–३ अङ्कको जीत दर्ता गरेका थिए ।