भक्तपुर, ६ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रको आज अनुगमन एवं निरीक्षण गर्नुभएको छ ।
नेपालको नै दोस्रो ठूलो रक्त सङ्कलन तथा वितरण केन्द्रका रुपमा स्थापित भक्तपुर रक्तसञ्चार केन्द्रको अनुगमन तथा यहाँको सेवाबारेमा जानकारी लिनुभएको थियो । भक्तपुर रेडक्रसले उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री पौडेलले केन्द्रले रगत सङ्कलन र वितरण प्रणाली एवं अवस्थाबारे चासो दिनुभएको थियो । मन्त्री पौडेललाई रेडक्रस भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले त्यसको सबै प्रक्रिया र अहिलेसम्म गर्दै आएका कामबारे जानकारी दिनुभएको थियो ।