मंसिर ६, २०८१ बिहिबार

कोलम्बो, ५ मङ्सिर: श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग आगामी नोभेम्बर २३ सम्ममा नयाँ कर्मचारीस्तरीय सम्झौतामा हस्ताक्षर गर्ने बताउनुभएको छ । 

श्रीलङ्काको १० औं संसदको शुभारम्भमा नयाँ सरकारको नीति वक्तव्य प्रस्तुत गर्दै राष्ट्रपति दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्झौताबाट अलग हुनु देशको लागि विकल्प नभएको बताउनुभयो । 

राष्ट्रपति दिसानायकेले हालैको निर्वाचनका कारण सेप्टेम्बरमा हुने भनिएको तेस्रो समीक्षामा ढिलाइ भएको बताउनुभयो । 

नोभेम्बर १४ मा भएको संसदीय निर्वाचन लगत्तै आईएमएफले सरकारसँग पुनः छलफल सुरु गरेको र यसै साताभित्र कर्मचारीस्तरीय सम्झौतालाई अन्तिम रूप दिनेमा आफूहरू आशावादी रहेको उहाँले बताउनुभयो ।