काठमाडौँ, ७ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज काठमाडौँमा जागरणसभा आयोजना गर्दैैछ ।
सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने ¥याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।