साउन २४, २०७८ आइतबार

किरण गजमेर

किरण गजमेरलाई देशको नयाँ भ्वाइसको रूपमा चयन गर्दै गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन शनिबार सम्पन्न भएको छ ।

किरणले २५ लाख र ट्रफी समेत पाएका छन् । ट्रफी जितेपछि भावूक बनेका किरणले आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिँदै भने–‘हामी देश खोज्दै हिँडिरहेका नागरिक हौं । हामी हाम्रो रोजाइलेभन्दा पनि वाध्यताले विकसित राष्ट्रमा पुगेका हौं । तर, मेरो पनि खुशी थिएन । आफ्नो देश, भाषा, पोशाक विर्सन सकिँदैन । मेरा गुमेका आफन्तहरूसँग नजिक हुने चाहना थियो । आज मैले मेरो गुमेको परिवार पाएको छु ।’

किरण भुटानी शरणार्थीका रूपमा करिब १४ बर्ष ‘भुटानी शरणार्थी शिविर’मा बसे । नेपालको नागरिकता लिने उनको सपना पुरा हुन सकेन । भलै, उनीसँग आज अमेरिकाको नागरिकता छ । किरणले भावूक हुँदै भने–‘भ्वाइस अफ नेपालको ट्रफी मेरो लागि नागरिकता पाए जस्तै नै हो ।’