मंसिर १०, २०८१ सोमबार

काठमाडौँ, १० मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
 
 नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहनुभएकी यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।