कक्षा १२ को परीक्षा स्थगि भएको यसको विरोध हुन थालेको छ । परीक्षा सुरु हुन केही दिन मात्रै बाँकी हुँदा स्थगित गरिएपछि विरोध भइरहेको हो । सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेपनि अन्य तहमा भने परीक्षा जारी नै रहेका छन् ।
संक्रमण बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गरेको छ। त्रिभुवन विश्वविद्यालय लगायतले भने जारी परीक्षा कार्यक्रम नरोकिने बताएका छन्।
यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले महामारीका कारणले कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो ? भन्दै प्रश्न गरेका छन् ।
नेता थापाले सामाजिक सञ्जालमार्फत कसैको परीक्षा रोकिने कसैको नरोकिने आधार र तर्क के हो ? भनी स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’