मंसिर १५, २०८१ शनिबार

    गाजा, १५ मङ्सिर : गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ ।     

उक्त प्रतिनिधिमण्डलले इजिप्टका अधिकारीहरूसँग चलिरहेको द्वन्द्व अन्त्य गर्ने सहमतिबारे छलफल गर्ने छ । इजिप्टको अनुरोधमा वार्ता सुरु गरिएको हमासले जनाएको छ ।     
छलफल हमास इजरायली सेना फिर्ता गर्न र विस्थापित मानिसहरूलाई फर्कन अनुमति दिने सम्झौतामा पुग्न तयार रहेको स्रोतले जनाएको छ । उक्त छलफलमा मानवीय सहायताको प्रवेश पनि समावेश हुनेछ ।     

इजरायलले सन् २०२३ अक्टोबर ७ देखि हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । उक्त आक्रमणमा हालसम्म लगभग १२ सय इजरायली मानिसहरू मारिएका छन् ।     
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ४४ हजार ३६३ पुगेको छ ।