देउखुरी,१६ मङ्सिरः ३७औँ विश्व एड्स दिवस–२०८१ का अवसरमा दाङको घोराही उपमहानगरपालिका र स्वास्थ्य कार्यालय दाङको आयोजनामा भएको प्रभातफेरी पश्चात् सहभागीहरु स्वास्थ्य कार्यालय दाङमा सामूहिक तस्बिरमा । प्रभातफेरीका सहभागीहरुले घोराही बजार परिक्रमा गरेर स्वास्थ्य कार्यालय दाङमा पुगी कोणसभा गरेका थिए ।
तस्बिरः रञ्जिता अधिकारी
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मलङ्गवा (सर्लाही), १६ मङ्सिरः सेतिसौँ विश्व एड्स दिवसको अवसरमा आइतबार ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार निकालिएको चेतनामूलक पदयात्राका सहभागी ।
तस्बिरः विश्वनाथ ठाकुर