बाल कलाकार सृष्टि दुलालद्वारा अभिनित वेब सिरिज 'मैना'को पोष्टर सार्वजनिक भएको छ । गाउँले जीवनशैलीको सामाजिक कथावस्तु बोकेको उक्त सिरिजको पोष्टर सोमबार सार्वजनिक भएको हो ।
सिरिजको ट्रेलर भने शुक्रबार मात्रै सार्वजनिक गरिने जनाइएको छ ।
यसअघि दुलालले सामाजिक विषयवस्तु समेटिएको छोटो चलचित्र 'पश्चाताप' र 'ठूलो माछा' नामक चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् भने उनले अभिनय गरेको सिमानासँग सम्बन्धित अर्को चलचित्र 'नेपाल आमा' हो ।
यसैगरी उनीद्वारा अभिनित छोटा चलचित्रहरूमा 'दशैँ एक सन्देश' र 'एक लाख पचास हजार' रहेका छन् । 'च्वास्स पिरो' र 'ताल न बेताल' चाहिँ दुलालले अभिनय गरेका टेलिसिरियल हुन् ।