मंसिर १९, २०८१ बुधबार

    सान्टियागो, १९ मङ्सिर: ल्याटिन अमेरिकाका सबैभन्दा कम उमेरका नेता चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले चाँडै पिता बन्ने घोषणा गर्नुभएको छ ।     
     
 इन्स्टाग्राममा आफ्नी श्रीमती पाउला कारास्कोसँग संयुक्त पोस्टमा ३८ वर्षीय वामपन्थी राष्ट्रपतिले शिशुको अल्ट्रासाउण्ड छवि साझा गर्नुभयो ।     
     
 “तिमीलाई पर्खँदा... तिमी न्यायपूर्ण र सुखी चिलीमा बस्न सक्छौ भनेर सुनिश्चित गर्न हामी सक्दो प्रयास गर्नेछौँ”, उहाँहरूले एक पोस्टमा भन्नुभयो । उक्त पोस्टले बुधबार बिहानै तीन लाखभन्दा बढी लाइक प्राप्त गर्यो ।     
     
 आफ्नी साथीसँग विवाह नगरी बच्चा जन्माउने बोरिक सामाजिक रूढीवादी, क्याथोलिक बहुल देशको पहिलो राष्ट्रपति हुनुहुनेछ ।     
     
 तीस वर्षीया कारास्को वातावरण रसायनशास्त्री हुनुहुन्छ । उहाँ चिलीको वातावरण मन्त्रालयमा काम गर्नुहुन्छ । साथै देशको राष्ट्रिय टोलीमा पेशेवर बास्केटबल खेलाडी पनि हुनुहुन्छ ।     
     
 बोरिकले उहाँलाई गत अक्टोबरमा प्यान अमेरिकन खेलकुद हुँदा भेट्नुभएको थियो र सन् २०२४ सेप्टेम्बरमा आफ्नो सम्बन्ध सार्वजनिक गर्नुभएको थियो ।     
     
 सन् २०२२ मार्चमा कार्यालय सम्हाल्दा कारास्को राष्ट्रपतिको दोस्रो प्रेमिका हुनुहुन्छ ।     
     
 उहाँको अघिल्लो साझेदार राजनीतिक वैज्ञानिक र समाजशास्त्री इरिना कारामानोसले एक वर्षभन्दा कम समयपछि राजीनामा दिनुअघि संक्षिप्त रूपमा प्रथम महिलाको भूमिका लिनुभएको थियो । उहाँ र बोरिकले सन् २०२३ नोभेम्बर मा आफ्नो सम्बन्ध तोड्नुभएको थियो ।