साउन २७, २०७८ बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर राजीनामा बुझाएकाे एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि मुख्यमन्त्रीले प्रदेश प्रमुखकोमा गएर राजीनामा दिएकाे बताएका छन् ।

आफूविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु हुनु केही मिनेट अघि उनले राजीनामा दिएका हुन्। बुधबार दिउँसो १ बजे उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गर्ने कार्यसूची प्रदेशसभाले निकालेको थियो।

अन्तिम समयसम्म सर्वोच्च अदालतको आदेश कुरेर बसेका पोखरेलले प्रदेशसभा सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।