डोल्पा, २१ मङ्सिर ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका -७ का महिलाहरु दाउरा सङ्कलन गरेर घर फर्कँदै । पुस र माघ महिनामा हिमपातले अत्याधिक चिसो हुने भएकोले न्यानो गर्न र खाना पकाउन प्रयोग गरिने दाउराको जोहो स्थानीयले गर्न थालेका हुन्।
तस्बिर : लेखबहादुर बुढा