मंसिर २१, २०८१ शुक्रबार

काठमाडौँ, २१ मङ्सिर : भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गर्नुभएको छ । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गर्नुभएको थियो ।

    भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।