काठमाडौँ, २८ मङ्सिरः नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठानले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मितिबाट चयन गरेको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्णप्रसाद मिश्र, महिला उपाध्यक्षमा अभिलाषा पोखरेल, सचिवमा चेतबहादुर (सिबी) अधिकारी, सहसचिवमा कुमारीकमला पौडेल, समावेशी सहसचिवमा गीता पराजुली, कोषाध्यक्षमा नवीन पौडेल चयन हुनुभएको छ ।
यसैगरी, सदस्यमा सृजना राई (थापा), रेशमा शाक्य, प्रमोद कार्की र रोशा बस्नेत तथा परिषद् सदस्यमा प्रकाश सिलवाल र छविलाल कुमाल (समावेशी) चुनिनु भएको छ ।
अध्यक्ष सापकोटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ ।