मंसिर २९, २०८१ शनिबार

सङ्खुवासभा ,२९ मङ्सिर :  नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित हुनु भएको छ । 

नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा  कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिनुभयो । 

यसैगरी सदस्यमा सुरेन शाक्य,खेवाहाङ मेवाहाङ,दुर्गा बहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित हुनु भएको छ । प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित हुनु भएको छ ।  यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित हुनु भएको छ ।