मस्को, ५ पुस: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताउनुभएको छ ।
जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लाग्नुभएका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो ।
ट्रम्पको आह्वानले किएभमा उहाँले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ ।
वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा ७२ वर्षीय उहाँले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताउनुभएको थियो ।
उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताउनुभएको हो ।
पुटिनले आत्मविश्वसका साथ भन्नुभयो, “अगस्टदेखि किएभको कब्जामा रहेको रूसको कुस्र्क क्षेत्रको केही भाग रूसले कहिले फिर्ता लिन्छ भन्ने आफूलाई थाहा नभएको बताउनुभएको छ ।”
सम्भावित शान्ति सम्झौताका बारेमा ट्रम्पको प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले अमेरिकी सत्ता सम्हाल्न लागेको रिपब्लिकन पार्टी र यसका नेतासँग भेटवार्ताको वातावरण बनेमा यसका लागि आफु तयार रहेको बताउनुभयो ।
पुटिनले भन्नुभयो, “निस्सन्देहः कुनै पनि समय म वार्ताको लागि तयार छु तर मलाई थाहा छैन उहाँसँग भेट्ने वातावरण कहिले बन्छ । उहाँले यस विषयमा केही पनि भन्नुभएको छैन । चार वर्षभन्दा बढी समयदेखि मैले उहाँसँग कुरा गरेको पनि छैन ।,”
उहाँले भन्नुभयो, “ मलाई विश्वास छ, यदि हामीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग भेट गर्यौं भने हामीले धेरै कुरा गर्नेछौं।”
पूर्वी युक्रेनमा रुसी सेना महिनौंदेखि अघि बढिरहेको छ र पुटिनले युद्धभूमिमा बारम्बार आफ्नो शक्ति प्रदर्शन गरिरहनुभएको छ ।
तर, युक्रेनी आक्रमणका क्रममा फ्रन्टलाइन एरियाबाट हजारौँलाई बाहिर निकालिएपछि कुस्र्क क्षेत्रका एक महिलाले त्यहाँका बासिन्दालाई आफ्नो घर फर्कन कहिले सकिन्छ भनेर सोधेको प्रश्नमा पुटिनले मिति तोक्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिल्कुल, हामी उनीहरूलाई पूर्ण रूपमा बाहिर निकाल्नेछौँ । यो अरू कुनै तरिका हुन सक्दैन। तर निश्चित मितिबारे मलाई माफ गर्नुहोस्, म अहिले नै भन्न सक्दिनँ।”
पुटिनलाई सैन्य खर्चमा ठूलो वृद्धि र द्वन्द्वका कारण भएको श्रमको गहिरो अभावका कारण रूसले सामना गर्नुपरेको आर्थिक सङ्कटबारे पनि सोधिएको थियो ।
उहाँले कम बेरोजगारी र औद्योगिक वृद्धिको हवाला दिँदै बाह्य खतराका बावजुद अर्थतन्त्र स्थिर रहेको बताउनुभयो ।
बढ्दो मुद्रास्फितिबारे सोधिएको प्रश्नमा पुटिनले भन्नुभयो, “मुद्रास्फीति चिन्ताजनक संकेत हो । मख्खन र मासुजस्ता खाद्यपदार्थको मूल्य वृद्धि ‘अप्रिय’ भएको उहाँले स्वीकार गर्नुभयो ।