पुस ७, २०८१ आइतबार

    गाजा, ७ पुस,: गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।     
     
गाजा शहरको अल–दरराज छिमेकमा विस्थापित मानिसहरू बस्ने मुसा बिन नुसेर स्कूलमा इजरायली बमबारीका कारण तीन बालबालिका र दुई महिलासहित कम्तीमा नौ व्यक्तिको मृत्यु भएको र केही अन्य घाइते भएको हो ।     
     
इजरायली सेनाले गाजा सहरको अल–जला स्ट्रिटमा एउटा गाडीमा बमबारी गर्दा थप चार जनाको मृत्यु भएको छ ।     
     
गाजा सहरको उत्तरमा रहेको जबलिया सहरमा आइतबार बिहान इजरायलले गरेको गोलाबारीमा चार बालबालिकासहित पाँच नागरिकको मृत्यु भएको वाफाले छुट्टै रिपोर्टमा जनाएको छ ।     
     
दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको आफ्नो अपार्टमेन्टमा बमबारी गर्दा दुई जनाको मृत्यु भएको र रफाह सहरमा इजरायली बमबारीमा तीनजनाको मृत्यु भएको हो ।     
     
इजरायलले सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ, जसमा करिब एक हजार २०० मानिस मारिएका र करिब २५० जनालाई बन्धक बनाएका थिए ।     
     
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४५ हजार २२७ पुगेको छ ।