पुस १६, २०८१ मंगलबार

सुन्दरहरैँचा, १६ पुसःसुन्दरहरैँचा नगरपालिकाले रु २५ लाख खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको  छ । प्रदेश सरकारसँगको समन्वयमा  पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । 

    कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् । 

    सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने  भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उहाँको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा  पनि मद्दत पुग्ने उहाँले बताउनुभयो ।