पुस २२, २०८१ सोमबार

काठमाडौँ, २२ पुसः नेपाल सत्कार दिवस (नेपाल हस्पिटालिटी डे–२०२५’ को दोस्रो संकरण आगामी माघ २ गते हुने भएको छ ।

होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल क्षेत्रका सम्भावना, चुनौती तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

यस पटकको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको ‘नेपाल होटल इयर बुक’को विमोचन गरिने उहाँले बताउनुभयो । सोही अवसरमा रैथाने खाना प्रवर्द्धनका लागि सातै प्रदेशका मुख्य रैथाने खानाका परिकार प्रदर्शन गरिने गरिने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । 

होटल सङ्घ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने सङ्घले जनाएको छ ।