भदौ १, २०७८ मंगलबार

एजेन्सी - अफगानिस्तान पर्यटकीय देश हो । कुनै समय त्यहाँ पर्यटकको सङ्ख्या धेरै हुने गर्दथ्यो । अफगानिस्तानमा बलिउड फिल्महरू पनि सुटिङ भएका छन् । 

अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म ‘धर्मात्मा’ हो । यो फिल्म ४६ वर्षअगाडि सन् १९७५ मा रिलिज भएको थियो । फिल्म अभिनेता तथा निर्देशक फिरोज खानले बनाएका थिए । फिल्ममा अफगानिस्तानका सुन्दर शहरहरू देख्न सकिन्छ । यो फिल्मको गीत ‘क्या खुब लगती हो बडी सुन्दर दिखती हो’ अफगानिस्तानको ‘बामिया बुद्धाज’ मा शुट गरिएको हो । उक्त बुद्धको प्रतिमा तालिबानले अमेरिकी सेनासँगको भिडन्तमा ध्वस्त पारिदियो ।

यसैगरी, ‘एजेन्ट विनोद’ पनि अफगानिस्तानमा सुटिङ गरिएको हो । यो फिल्ममा सैफ अली खान र करीना कपूर रहेका छन् ।  फिल्मको शुरुवाती सीनहरू अफगानिस्तानको रहेको छ ।

यस्तै, ‘जानशीं’, ‘तोरबाज’, ‘काबुल एक्सप्रेस’ र ‘खुदा गवाह’ जस्ता फिल्महरू अफगानिस्तानका विभिन्न स्थानमा सुटिङ भएका थिए ।